लुम्बिनीका युवा र समाजसेवीद्वारा बाढी प्रभावितलाई राहत



भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीका युवा र समाजसेवीले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितलाई त्रिशुली पुगेर लत्ताकपडा, खाद्यान्न र पोसिलो खानेकुरा वितरण गरेका छन् ।
लुम्बिनी सास्कृतिक नगरपालिका–३ का वडा अध्यक्ष अक्रामुद्दिन नाउ मुसलमान, लुम्बिनी शाक्यमुनी बुद्धा अनाथ आश्रमका अध्यक्ष ओंमकार पाण्डे र लुम्बिनी नव युवा क्लब अध्यक्ष अहमद खानले ब्यक्तीगत रुपमा रकम संकलन गरेर नुवाकोटको विदुर नगरपालिका त्रिशुली बजारमा बुधबार राहत सामग्री वितरण गरेका छन् ।
उनीहरुले ओढने ओछ्याउने ड्सना सिरक, बालबालिकालाई सर्ट पाईण्टको कपडा, टिसर्ट, पोषिलो खानेकुरा हर्लिक्स, बिस्कुट लगायतका राहत सामग्री वितरण गरेका छन् । दुई सय १० जनालाई डसना सिरक र एकसय बालबालिकालाई कपडा वितरण गरेका हुन् । तीनजनाले साढे ४ लाखबढीको राहत सामग्री वितरण गरेको बताइएको छ ।








प्रतिकृया दिनुहोस्