October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भैरहवा मेडिकल कलेजलाई एनएवीएच मान्यता

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यु.सि.यम.यस.) शिक्षण अस्पताललाले स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको उच्च गुणस्तर मापन प्रमाण–पत्र प्राप्त गरेको छ ।

Advertisement

शिक्षण अस्पतलले एन.ए.वि.एच. मान्यता प्राप्त गरेसँगै स्वास्थ्य तथा शिक्षण क्षेत्रमा महत्वप”र्ण उपलब्धी हासिल गरेको हो । यो मान्यताले अस्पतालको विश्वस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षा र पूर्वाधारको गुणस्तरलाई प्रमाणित गर्ने गर्छ ।

यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पि.एस.ले एन.ए.वि.एच. मान्यता प्राप्तिले अस्पताललाई अवसरका साथ चुनौती पनि प्रदान गरेको जनाए ।

अस्पतालले सदैव यस मानकलाई कायम राख्न बिरामीको सुरक्षाका लागि उपचारका क्रममा कुनै पनि किसिमको संक्रमण वा जोखिम नहोस् भनी उच्च सतर्कता अपनाउने, अस्पतालमा कार्यरत चिकित्सक, नर्स र प्राविधिकहरूलाई समायानुकुल पूर्ण रूपमा योग्य र तालिम प्राप्त बनाउने पीएसले बताए ।

‘औषधिको सही प्रयोग, बिरामीको अधिकारको रक्षा र उपचार खर्चमा पारदर्शिता कायम गरिने र पूर्वाधारमा आकस्मिक कक्ष, सघन उपचार कक्ष र शल्यक्रिया कक्षहरु लगायतलाई अत्याधुनिक विश्वस्तरीय मापदण्ड अनुसार रहेको र यसलाई आवश्यक्ता अनुरुप अद्यावधिक गरिने छ’, उनले भने ।

एन.ए.वि.एच. मान्यताले भारत सरकारको पुर्व सैनिक, आश्रित परिवार तथा केन्द्र सरकार मातहतका पूर्व कर्मचारीहरुको लागि अस्पतालमा सञ्चालित इ.सि.एच.एस. सेवालाई पनि थप सही, प्रभावकारी र व्यवस्थित बनाउने छ । यो शिक्षण अस्पताल पश्चिम नेपालकै ठूलोमा पर्छ ।