September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग

Advertisement

बुटवल– भोटेकोशीमा भदौ १० गते गएको विनासकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।

Advertisement

कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ लाख ५२ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूबाट एक लाख ११ हजार एक सय ५ रुपैयाँ गरी कुल ९ लाख १८ हजार ६ सय ६० रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।

विद्यालयका प्राचार्य वासुदेव अर्यालले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यू होराइजन परिवारले राहत रकम सहयोग गरेको बताए ।

विद्यालयले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।