भैरहवा मेडिकल कलेजद्वारा बाढी प्रभावितलाई २५ लाख सहयोग


भैरहवा– युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसियमयस), भैरहवाले भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जमा हुने गरि अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । बाढी प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग गरिएको अस्पतालले जनाएको छ ।
यो अस्पताल स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो । अस्पतालका अध्यक्ष रमेश शर्माले सहयोग रकम हस्तातरण गर्दै राहत र पुनःस्थापना विशेष ध्यान दिन आग्रह गरे ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको शिक्षण अस्पतालका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले जनाए ।








प्रतिकृया दिनुहोस्