September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

शाइन रेसुङ्गा बैंकद्वारा बाढी प्रभावितलाई ६५ लाख सहयोग

Advertisement

बुटवल– रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Advertisement

बैंकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ ।

‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्वन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो’, बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।