नारायणी नदीमा तत्काल तटबन्ध गर्न सांसद खनालद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण


नवलपरासी– नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विक्रम खनालले सुस्ता क्षेत्रमा नारायणी नदीले गरिरहेको तीव्र कटानको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद खनालले आज सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई टेलिफोन गरी सुस्ताको पछिल्लो वस्तुस्थिति र कटानको अवस्थाबारे जानकारी गराएका हुन् ।
संवादका क्रममा सांसद खनालले लगातारको नदी कटानका कारण सुस्ताका तटीय क्षेत्र र नागरिकको बस्ती ठूलो जोखिममा परेको बताउँदै तत्काल रोकथामका उपायहरू अपनाउन सरकारसँग माग गरे । उनले नदी नियन्त्रणका लागि संकटकालीन रूपमा तटबन्ध निर्माण तथा रोकथामका कार्यहरू तुरुन्त अगाडि बढाउन मन्त्री श्रेष्ठले ध्यानाकर्षण गराएका हुन् ।
‘नारायणी नदीको कटानले सुस्तावासीको जनजीवन र भूमि दुवै जोखिममा छ,’ सांसद खनालले भने, ‘स्थानीय नागरिकको धनजनको रक्षा र भूमि संरक्षणका लागि सरकारले ढिला नगरी तत्काल कदम चाल्नुपर्छ।’
टेलिफोन संवादका क्रममा मन्त्री श्रेष्ठले सुस्ताको समस्याप्रति सरकार गम्भीर रहेको र तत्काल हुनसक्ने प्राविधिक तथा भौतिक सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने आश्वासन दिए ।








प्रतिकृया दिनुहोस्