September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

भैरहवा ब्याडमिन्टन क्लबको अध्यक्षमा राम थापा

Advertisement

भैरहवा– भैरहवा ब्याडमिन्टन क्लबको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । भैरहवा सम्पन्न क्लबको वार्षिक साधारण सभा तथा अधिवेशनबाट थापाको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

निर्वाचन समितिका अनुसार क्लबको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिवमा दीपेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा देवराज न्यौपाने र सहसचिव कमल जिसी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरुमा शम्भु पन्त, धिरज क्षेत्री, जीवन थापा, तिरबहादुर रोका मगर, मनोज भण्डारी, दीपेन्द्र लाम्गादे, अर्जुन क्षेत्री, बाबुरा पौडेल, रुपेश झा र अनिल अर्याल निर्वाचित भएका छन् ।

यस्तै, क्लबको संरक्षकमा ध्रुवकुमार श्रेष्ठ, सल्लाहकाहरुमा महेन्द्रकुमार श्रेष्ठ, तिलक कोइराल, ऋषिकेश अग्रवाल, हरिचन्द्र श्रेष्ठ, जनक थापा, विष्णुप्रसाद शर्मा र हिरा शाह छन् । नवनर्विाचित अध्यक्ष थापाले क्लबलाई अझ व्यवस्थित बनाएर लैजाने प्रतिबद्धता जनाए ।