September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

रसुवा बाढीः लुम्बिनी प्रदेशका १६८ जना अझै सम्पर्कबिहीन

Advertisement

भैरहवा– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन भएका छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त संख्यामा अझै प्रदेशका नागरिक सम्पर्कबिहीन भएका हुन् ।

Advertisement

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना सम्पर्कमा आउन सकेका छैनन् । रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १३ जना भने सम्पर्कमा आएका छन् । रुपन्देहीका छ, दाङका पाँच, बाँकेका एक र प्युठानका एक जना सम्पर्कमा आएको विवरणमा उल्लेख छ । साथै, विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ ।