ब्रह्माकुमारीज भैरहवामा बृहत् रक्तदान कार्यक्रम


भैरहवा–ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका पूर्व अन्तर्राष्ट्रिय प्रमुख राजयोगिनी डा.दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति दिवस तथा विश्वबन्धुत्व दिवसको अवसरमा शनिवार भैरहवामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्माकुमारीज भैरहवाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भैरहवाको प्राविधिक सहयोगमा उक्त रक्तदान भएको हो ।
‘रक्तदान गरौं पुण्य कमाऔं, विश्वबन्धुत्वतर्फ एक कदम बढाऔं’ भन्ने नारासहित विश्वव्यापी रूपमा आयोवजना गरिएको बृहत् रक्तदान कार्यक्रम अन्तर्गत भैरहवामा ६९, भलवारि र कोटिहवामा ४५ गरि ११४ युनिट रगत संकलन गरेको छ । आयोजकका अनुसार रक्तदानमार्फत मानव सेवासँगै विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
ब्रम्हकुमारी विश्वविद्यालय भैरहवा प्रमुख ब्रह्माकुमारी शान्ति दिदीले कार्यक्रममा सबैको हाते मालोले नै हामीले समाजको कल्याण गर्न सक्ने बताईन ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक मन्त्री सन्तोषकुमार पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ लगाएतको उपस्थिती थियो ।








प्रतिकृया दिनुहोस्