August 15, 2026, Saturday
२०८३ श्रावण ३० शनिबार

२४ घण्टामा २ सय ३७ सवारी साधन कारबाहीमा

Advertisement

भैरहवा–ट्राफिक प्रहरीले नियम उलंग्घनका घटनामा कारबाही तिव्र बनाएको छ । लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पछिल्लो २४ घण्टामा नियम उलंग्घनको आरोपमा ३ सय ७१ सवारी साधनमाथि कारबाही गरेको जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार यस अवधिमा १२ वटा गाडी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ को मृत्यु र १८ जना घाइते भएका छन् । घाइतेको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय ३७ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट ४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ५५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जनाएको छ । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट २ हजार ६ सय ९५ जना लाभान्वित भएका छन् ।

कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो ।