August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले छलफल

Advertisement

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल थालेका छन् ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरुसँग उनले छलफल सुगरेका हुन् ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री दिपेन्द्र पुन सहभागी छन् । यस्तै नेकपा एमालेबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपालका तर्फबाट युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिर पनि सहभागी छन् ।

लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक आठ मन्त्रालय कायम गरिएको छ । अब मन्त्रालयको नयाँ संरचनाअनुसार सरकारमा सहभागी दलहरुलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।

यसअघि लुम्बिनी प्रदेश सरकार १२ मन्त्रालयबाट सञ्चालन हुँदै आएको थियो । प्रशासनिक खर्च घटाउने, कार्यसम्पादन प्रभावकारी बनाउने र मन्त्रालयबीचको समन्वय बढाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गरिएको हो ।

सरकारमा सहभागी दलहरुबीच कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल भइरहेको छ । दलहरुको प्रतिनिधित्व, राजनीतिक सहमति र कार्यसम्पादन क्षमतालाई आधार बनाएर मन्त्रालयको जिम्मेवारी टुंग्याउने तयारी गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना मन्त्री छन् । नेपाली कांग्रेसका मन्त्रीले राजिनामा दिएपछी मन्त्रालय मुख्यमन्त्री आचार्यले सम्हाल्दै आएका छन् ।