June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

Advertisement

बुटवल– रुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारी छ । सोही क्रममा सोमबार पूर्वअध्यक्षहरूको भेलाले पूर्वअध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा ‘अध्यक्षीय परिषद् २०८२–२०८४’ गठन गरिएको छ ।

Advertisement

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दीर्घकालीन मार्गदर्शन र संस्थागत सुदृढीकरणका लागि परिषद् गठन गरेको हो । भेलामा बोल्दै संघका अध्यक्ष पराजुलीले बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थितिअनुसार संघका गतिविधि र कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले हालको कार्यसमितिले करिब ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण कार्यक्रमहरूको समेत जानकारी गराए ।

नवगठित अध्यक्षीय परिषद सदस्यहरुमासंस्थापकअध्यक्ष रणबहादुर शाह, पूर्वअध्यक्षहरूपी।एल। श्रेष्ठ, वेनुराम प्रधान, श्यामबहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, बाबुराम बोहोरा, माधवप्रसाद पौडेल तथा निवर्तमान अध्यक्ष दिलीप सापकोटा छन् । साथै संघका वर्तमान अध्यक्ष कृष्णप्रसाद पराजुली परिषदको सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

नवगठित परिषद्का संयोजक तेजकुमार पाठकले संघका सम्पूर्ण गतिविधि, विद्यमान समस्या तथा चुनौतीहरूलाई समाधान गर्न पूर्व अध्यक्षहरूको साझा भूमिका मार्फत एकताबद्ध, समन्वयात्मक र सशक्त रूपमा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे । उनले संघको समग्र विकास, उद्योगी–व्यवसायीहरूको हित संरक्षण तथा संस्थागत सुदृढीकरणका लागि परिषद् निरन्तर सक्रिय, जिम्मेवार र परिणाममुखी भूमिकामा रहने बताए ।