भारतमा बन्धक बनाइएका ५०० सय नेपालीको उद्धार गरी भैरहवा ल्याइँदै


भैरहवा– विभिन्न बहानामा भारत पुर्याइएका नेपालीहरुको उद्धार गरि नेपाल ल्याइँदैछ । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको हो । उद्धार गरिएका उनीहरूलाई रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको जनाइएको छ । रुपन्देही प्रहरीका अनुसार केही समयपछि उनीहरु बेलहिया नाका हुँदै नेपाल आउने छन् ।
रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याएर बन्दक बनाइएको थियो । बन्दक बनाएकाहरुको प्रहरीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धार गरेको हो ।








प्रतिकृया दिनुहोस्