May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रूपन्देही–१ का मतदातासँग मन्त्री लम्सालले भने– सरकारले दशैँसम्ममा लालपुर्जा दिन्छ, आन्दोलनमा नजानुहोस्

Advertisement

भैरहवा– संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्बासीले लालपुर्जा पाउने दावी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै उनले कसैको उक्साहटमा आन्दोलनमा नजान पनि अनुरोध गरे ।

Advertisement

‘अहिले आन्दोलन गर्नुको अर्थ छैन’, उनले भने, ‘सरकारले वास्तविक सुकुम्बासीलाई समस्या पार्दैन । बाहिर आएका सबै हल्ला हुन् ।

उनले आफूहरुले गफ नदिई काम गर्ने जनाए । ‘हामी भनेको गफ नदिइकन काम गर्ने टोली हो । सधैँ त्यसै गर्नेवाला हो । हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुमबासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ,’ उनले भने, ‘त्यो सधैंको लागि समाधान गर्ने भनेर ५ कार्ययोजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौं ।’

उनले काठमाडौँको केस भनेको एकदमै अलग भएको जनाए । ‘अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरुलाई विकल्प चाहिएको हो’, ‘त्यही भएर विकल्प दिइएको हो । बस्ती खाली गराइएको हो ।’

उनले दोहोर्याए, ‘हाम्रो काम गर्ने जुन शैली छ त्यही रफ्तारमा हिँडेका छौँ, दशैँसम्म सबैले पुर्जा पाउछन् आन्दोलन गर्नुको अर्थ छैन ।’