August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

करेन्ट लागेर बस चालकको मृत्यु

Advertisement

दाङ–बसको छतमा चढेको वेलामा करेन्ट लागेर मंगलवार दिउँसो दाङमा एकजना बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा. १ ख. २१९८ नम्बरको बसको टायर बबई गाउँपालिका–७, पातिहाल्नास्थित भित्रि सडक खण्डमा पन्चर भएको थियो ।

पन्चर भएको टायर फेर्ने क्रममा बसको छटमा चढेका चालक वलीलाई करेन्ट लागेको बोहराले जनाए ।

करेन्ट लागेर गम्भीर घाइते भएका वलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।