July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बरिष्ठ उद्योगी राजेश अग्रवाल महासंघको केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित

Advertisement

भैरहवा– रुपन्देहीका बरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । महासंघको मंगलबार राति सार्वजनिक मतपरिणाम अनुसार अग्रवालले १ हजार ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

Advertisement

३० वर्षदेखि औद्योगिक एवं व्यवसायिक क्षेत्रमा क्रियाशील अग्रवाल एसअघि सिद्धार्थ उद्योग बाणिज्य संघमा पनि विभिन्न तहमा रहेर काम गरिसकेका छन् । यसअघि उनी महासंघको सोही पदमा निर्वाचति भएर काम गर्दै आएका निए । अग्रवाल अघिल्लो कार्यसमितिमा महासंघको उद्योग समितिको सभापति समेत थिए ।

अर्घाखाँची सिमेन्ट लिमिटेड, श्री स्टिल्स, सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक समेत रहेका अग्रवाल निजी क्षेत्रका अब्बल उद्योग हुन् ।

उनले उद्योग–व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि लामो समयदेखि योगदान दिँदै आएका छन् । शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्र, पूर्वाधार विकास र गरिब तथा निमुखाहरुलाई उनले आर्थिक सहयोग गर्दै आएका छन् । रुपन्देहीमा बसेर मुलुकका अग्रणी प्रतिष्ठान हाँकीरहेका अग्रवाल इमान्दार, मृदुभाषाी र सहयोग स्वभावका छन् ।

मुलुकको अर्थतन्त्र बलियो बनाउन र रोजगारी सिर्जनामा लामो समयदेखि योगदान दिएकै कारण उनले निजी क्षेत्र, सरकारी निकाय र नेपाल सरकारबाट समेत विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट समेत विभुषित उद्योग हुन् ।