August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

दुई युवा सहिदको शालिक अनावरण

Advertisement

नेपालगन्ज–जेनजी आन्दोलनमा मृत्यु भएका स्थानीय दुईजना युवा सहिदको नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी वाटरपार्कमा शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।

Advertisement

जेनजी आन्दोलनमा स्थानीय युवा सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले सहिदको अर्धकदको सालिक निर्माण गरी अनावरण गरेको हो ।

सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतले सालिकको अनावरण गरेका थिए ।

सुलभ र आयुषले गत भदौमा भएको जेनजी आन्दोलनकोक्रममा काठमाडौँमा सुरक्षाकर्मीको गोली लागेर शाहदत प्राप्त गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र सहिद आयुष थापा स्मृति योग तथा खोप केन्द्र भवन र खुला व्ययामशाला समेत निर्माण गरी उद्घाटन गरिएको जनाए ।