August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुम्बिनीसहितका केही प्रदेशमा आज तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

Advertisement

भैरहवा– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन अपिल गरेको छ।

Advertisement

सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका धेरै जिल्लाहरूमा हुरीबतासको जोखिम देखिएको विभागले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा र डोटी; लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी; गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवन; मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ लगायत आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ।

यो मौसमी प्रणाली बुधबार अपराह्न ४:०० बजेदेखि सुरु भई बिहीबार बिहान ६:४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ।

पश्चिमी भेगबाट सुरु भएको मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहितको वर्षा गराउने यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ। यसको प्रभाव देशका धेरै स्थानमा पर्ने देखिएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन महाशाखाले विशेष अनुरोध गरेको छ।

विशेषगरी खुल्ला ठाउँमा नबस्न, कमजोर संरचनाहरूबाट टाढा रहन र मौसमको अवस्था हेरेर मात्र यात्रा वा बाहिरी काम गर्न सुझाइएको छ।