August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

दाङमा सरकारी जग्गा खाली गराउन पालिका प्रमुख–उपप्रमुखलाई छलफलमा बोलाइयो

Advertisement

दाङ– सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउनका लागि जिल्ला प्रशासन कार्यालय, दाङले १० वटै स्थानीय तहका प्रमुख-उपप्रमुख एवं अध्यक्ष–उपाध्यक्षलाई छलफलका लागि बोलाएको छ ।

Advertisement

सरकारले गएको चैत्र १४ गते शासकीय सुधारका लागि ल्याएको एक सय बुँदे कार्यसूचि अन्तर्गत जिल्ला प्रशासनले पालिका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाएको हो ।

सरकारले सार्वजनिक गरेको एकसय कार्यसूचि मध्य ९२ नम्बर बुँदामा नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने कार्य तत्काल सुरु गर्ने उल्लेख गरिएको छ ।

यसैलाई आधारमा मानेर जिल्ला प्रशासन कार्यालय दाङले परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालयलाई संघीय सरकारको प्रतिनिधिका रुपमा लिइन्छ । प्रशासनले सवा १० बजे स्वास्थ्य कार्यालयको सभाहलमा बोलाएको छ ।