August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

नेकपाको लुम्बिनी प्रदेश इञ्चार्जमा खनाल र संयोजकमा हुसेन

Advertisement

भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेश समितिका इञ्चार्ज र संयोजक टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको प्रदेश इञ्चार्ज र संयोजक टुंगो लगाएको हो ।

Advertisement

नेकपाले प्रदेश इन्चाञ्र्जको जिम्मेवारी कपिलवस्तुका नेता चक्रपाणि खनाल (बलदेव) लाई तोकेको छ । यस्तै, प्रदेश संयोजको जिम्मेवारी अब्दुल हुसेन खानलाई दिएको छ ।

खनाल पूर्वकृषि मन्त्री समेत हुन् । तत्कालीन माओवादी जनयुक्तबाट उदाएका उनी कपिलवस्तुबाट निर्वाचिन जितेर यसअघि कृषि मन्त्री बनेका थिए । यस्तै, हुेसन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । बाँके निवासी हुसेन अनेरास्ववियु हुँदै नेकपा एमालेको राजनीतिमा क्रियाशील थिए । पछिल्लो पटक एमाले विभाजनपछि माधवकुमार नेपालको साथमा गएका थिए ।

माओवादी र एकीकृत समाजवादी लगायतका पार्टी एकीकरण भएर बनेको नेकपाले धमाधम इञ्चार्ज र संयोजकहरु टुंगो लगाइएरहेको छ ।