July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बुटवलमा पनि चल्यो डोजर, हटाइए अतिक्रमित संरचना

Advertisement

बुटवल– रुपन्देहीको बुटवलमा पनि डोजर चलेको छ । बुटवलस्थित उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन डोजर चलाइएको हो ।

Advertisement

आइतबार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अदालतको जग्गा कब्जा गरेर बनाइएका संरचना हटाउन डोजर चलाएको हो ।

उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गर्दै संरचना हटाउन र आफ्ना सामान सुरक्षित राख्न सूचना जारी गरेको थियो । उक्त सूचनापछि स्थानीयले आफैँ समान सारेका थिए । आइतबार बिहान बाक्लो प्रहरी उपस्थितिमा संरचना हटाउनका लागि डोजर चलाइएको हो ।