August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

रूपन्देही प्रहरीको विशेष स्वीप अप्रेशनः एक सय तीनजना पक्राउ

Advertisement

भैरहवा– रुपन्देही प्रहरीले संचालन गरेको विशेष स्वीप अप्रेशनबाट एक सय जना भन्दा बढी मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाका अनुसार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको स्वीप अप्रेशनबाट एक सय तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

डीएसपी सापकोटाका अनुसार शनिवार बेलुका ७ देखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय, रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेशन संचालन गरिएको थियो । यसक्रममा जिल्लाका विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिसहरु पक्राउ गरिएको हो ।

स्वीप अपप्रेशन अन्र्तगत विभिन्न स्थानमा चेकजाँच गरिएको थियो । यसक्रममा समाजमा शान्ति सुरक्षाप्रति खलल पुर्याएको भन्दै प्रहरीले एक सय तीन जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी दावी अनुसार पक्राउ परेकाहरुले विभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याएका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुको अपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान गरिरहेको र अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने डीएसपी सापकोटाले जनाए ।