August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

दाङ–२ का सांसद विपिन आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’

Advertisement

दाङ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् ।

Advertisement

आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव सङ्कलन गर्ने उद्देश्यले  ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका उनले विपिन आचार्य डटकम मार्फत संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।

सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद्, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ ।

बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।