घूससहित मालपोत भैरहवाका कर्मचारी अख्तियारको नियन्त्रणमा


भैरहवा- घूस रकमसहित एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई पक्राउ गरेको हो ।
अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले दुई लाख रुपैयाँ घूससहित मगरलाई पक्राउ गरेको हो । सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घूस रकमसहित उनलाई भैरहवा बजारबाट पक्राउ गरिएको जनाइएको छ ।
अख्तियारले मगरलाई नियन्त्रणमा लिएर बुटवल कार्यालय लगेको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।








प्रतिकृया दिनुहोस्