August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

रूपन्देहीमा चैत्र महिनामा गरे युवादेखि बृद्धसम्मले आत्महत्या

Advertisement

भैरहवा– गएको चत्रै महिनामा रुपन्देहीमा युवादेखि बृद्धसम्मले आत्महत्या गरेका छन् । रुपन्देही प्रहरी तथ्यांक अनुसार चैत्र महिनामा मात्रै २० जनाले आत्महत्या गरेका हुन् । यसले जिल्लामा आत्महत्याको अवस्था भयाबह रहेको देखाउँछ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आत्महत्या गर्नेमा १८ वर्षमुनी देखि ६० वर्ष उमेर समूहका छन्् । प्रहरीका अनुसार चत्रैमा १८ जनाले झुण्डी र २ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । जसमध्ये १४ जना पुरुष र ६ जना महिला छन् ।

आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेर समूहका ५ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ५ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ६ जना र ४६ देखि ६० वर्ष उमेर समूहका ३ जना रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

आत्महत्या न्युनीकरणमा प्रहरीसँगै पालिकाले पनि प्रभावकारी कार्यक्रम संचालन गनुृपर्ने उनले बताए । वर्षेनि आत्महत्याका घटनाहरु बढ्दै गए पनि न्युनिकरण र सचेतनामूलक कार्यक्रम खासै हुन सकेका छैनन् । स्थानीय तह र प्रहरीले बेलाबेल आयोजना गर्ने सचेतनामूलक कार्यक्रम पनि त्यति प्रभावकारी छैनन् ।

युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्माहत्या न्यूनीकरण गर्न सकिने विशेषज्ञहरु बताउँछन् । मनोरोग विशेषज्ञ डा.मनोज ढुंगानाले सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलिमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ, तब मात्रै आत्महत्याबाट रोक्न सकिन्छ ।

हुनतः आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । त्यसैले मानिसले तत्कालै र दीर्घकालीनरुपमा आइपर्ने दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल व्यतित भएर जान्छ । यसले आफ्नो आत्महत्याको सोचमा पुनर्विचार गर्न मद्दत गर्छ । थोरै समयमा आफूले गरेको धैर्यतामा अरुबाट थप सहयोग प्राप्त हुनसक्छ, यसले आत्महत्या गर्ने अवस्थामा पुगेको जो कोहीको पनि जीवन जोगिन सक्छ । त्यसैले धैर्य गर्ने बानी बसाल्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।