पौने ७ करोडमा तयार भयो देवदह नगर अस्पताल


देवदह– देवदह नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उक्त अस्पताल बनाउन पौने सात करोड रुपैयाँ खर्च भएको छ । अस्तापलको भवनको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
देवदह नगरपालिकाले विगत केही बर्षदेखि सानो भवनबाट १५ शय्याको अस्पताल संचालन गर्दै आएको थियो । २०८९ साल असारमा सम्पन्न गर्ने गरी ठेक्का लगाए पनि ठेकेदारको लापरवाहीका कारण भवन पूर्णतामा ढिला भएको थियो । देवदह नगर अस्पतालमा हाल ५ जना डा.सहित २४ जना कर्मचारीहरु कार्यरत रहेको नगरपालिकाले जनाएको छ । नवनिर्मित भवन ६ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको हो ।
रुपन्देही जिल्लामा नगरपालिकाले संचालन गरेको नगर अस्पताल पहिलो भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख खरेलले नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरी नगर अस्पताल संचालन गरिएको जानकारी दिउ । उनले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको बताउँदै नगर अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापनमा चुनौती रहेको जनाए ।
पूर्वनगर प्रमुख हिराबहादुर खत्रीले नगर अस्पताल व्यवस्थापनमा नगरपालिकाले कन्जुस्याई गर्न नहुनेमा जोड दिए । उनले विकास निर्माणको लागि तीनै तहको सरकार वीच सहकार्य आवश्यक रहेको बताए । उपप्रमुख गुरुङ्गले व्यवस्थित ढंगले अस्पताल संचालन गरी नागरिकलाई सहज सेवा दिने बताइन् ।








प्रतिकृया दिनुहोस्