लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी को गभर्नरमा सन्दीप कसौधन चयन


बुटवल– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दीप कसौधन निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न निर्वाचनबाट वर्ष २०२६–०२७ का लागि गर्भनरमा कसौधन सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै फस्ट भिडिजिमा मीना पन्थी, सेकेन्ड भिडिजिमा अर्चित श्रेष्ठ निर्वाचित भएका छन् ।
डिष्ट्रिक सचिवमा आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक कोषाधक्षमा सुरेन्द्र घिमिरेलाई चयन गरिएको छ । लायन्स क्लब इन्टरनेशनल ‘डिष्ट्रिक ३२५ पि को चौथो अधिवेशनमा नवनिर्वाचित गर्भनर कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निस्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गरे ।
समाज परिवर्तन नभई मुलुक नवदलिने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताए । नेपालको अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब इन्टरनेश्नल ‘डिष्ट्रिक ३२५ पि’ले यसको नेतृत्व गर्ने गभर्नर कसौधनले बताए ।








प्रतिकृया दिनुहोस्