तस्करी रोक्न प्रहरीद्वारा नाकामा कडाई


भैरहवा– रुपन्देहीका विभिन्न नाका हुँदै भारतबाट हुने तस्करी नियन्त्रणका लागि प्रहरीले कडाई गरेको छ । भारतबाट भन्सार छलेर हुने चोरीतस्करी रोक्न प्रहरीले कडाई गरेको जनाएको छ ।
रुपन्देहीका मुख्य नाकासँगैं ग्रामीण क्षेत्रमा रहेका खुला सिमानाबाट हुने तस्करी नियन्त्रणका लागि सिमावर्ती प्रहरी चौकीले कडाई थालेका हुन् । कुनै पनि नाकाबाट चोरी शिकार शुन्य बनाउन अभियान थालिएको हो । तस्करी रोक्न जिल्ला प्रहरीले मातहत युनिटलाई दिनरात परिचालन गरेको छ ।
प्रहरी सक्रियतापछि तस्कर समूहले समय र स्थान परिवर्तन गरिरहेका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार रुपन्देहीका नाकामा कडाई भएपछि तस्कर समूह पश्चिम नवलपरासी र कपिलवस्तुतर्फ केन्द्रित भएका छन् । जुन जिल्लाबाट सहज हुन्छ, त्यहीबाट तस्करी हुने गरेको भन्साले जनाएको छ । जिल्लाहरुबीच समन्वय गरेर तस्करी नियन्त्रण प्रयास भइरहेको भन्सारले जनाएको छ ।
प्रहरीले पनि सिमावर्ती चौकीलाई सक्रिय तुल्याउन त्यहाँ तैनाथ चौकी प्रमुख र प्रहरी कर्मचारीको मूल्यांकन गरिरहेको छ । जिल्ला प्रहरीका अनुसार गत फागुनमा कार्य सम्पादनका आधारमा रुपन्देही एक नम्बरमा थियो । त्यसअघि कार्य सम्पादनमा पाँचौं नम्बरमा थियो । उत्कृष्ट कार्य प्रदर्शनलाई निरन्तरता दिनेगरि काम भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
रुपन्देहीको भैरहवास्थित बेलहिया र लुम्बिनीको कालिदह ठूला नाका हुन् । यस बाहेक पनि मुख्य नाका रहेका छन् । यी नाका बाहेक पनि जिल्लाका खुला सिमानाबाट तरकारी, खाद्यान्न, कुखुरा लगायत उपभोग्य समानको तस्करी हुने गरेको गुनासो छ । यस बाहेक व्यापारिक प्रयोजनका लागि पनि सामान तस्करी हुने गरेको थियो । त्यस्तो तस्करी जिरो बनाउनेगरि काम भइरहेको जिल्ला प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी प्रमुखदेखि जवानसम्म २४सैं घण्टा सर्तक भएर काम गरिरहेका छन् । जिल्ला प्रहरीले पनि मातहत युनिटलाई दैनिक कार्यप्रगति जिल्लामा बुझाउन निर्देशन दिएको छ । प्रहरी नेतृत्वदेखि फिल्डमा खटिएका प्रहरीबीच समन्वयलाई चुस्त बनाइएको छ । सूचना आदानप्रदान प्रभावकारी तुल्याइएका कारण तस्कर समूहबिरुद्ध कारबाही प्रभावकारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।








प्रतिकृया दिनुहोस्