होटल व्यवसायी महासंघ नेपालको महासचिवमा महोत्रा क्षेत्री निर्वाचित


भैरहवा- होटल व्यवसायी महासंघ नेपालको महासचिवमा भैरहवाका राजेश महोत्रा क्षेत्री निर्विरोध चयन भएका छन् । उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष समेत हुन् । भैरहवाको होटल सनस्टार इन्टरनेशनल प्रालिका संचालक समेत रहेका महोत्रा क्षेत्री पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेशका सदस्य पनि हुन् । उनी लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् ।
महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा १३ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । कास्कीको पोखरामा सम्पन्न महाधिवेशन तथा साधारणसभाले टी.आर.भण्डारी (शंकर)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
निर्वाचनपछि अध्यक्ष भण्डारीले आफूलाई विश्वासका साथ चयन गर्ने सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी, निर्वाचन मण्डल तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे । उनले महासंघलाई अझ सुदृढ, पारदर्शी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, महासचिवमा निर्वाचित महोत्रा क्षेत्रीले संस्थागत सुधार र पारदर्शीता, होटल व्यवसायीको हकका लागि कानूनी लडाई, पर्यटन प्रवद्र्धनमा नेतृत्व, व्यवसायीको हकहित रक्षा, संकट व्यवस्थापन प्रणाली, नेटवर्क व्यवस्थापन र सहकार्य, सदस्य केन्द्रित सेवा, नीति सुधारका लागि पहल, तालिम र क्षमता विकासमा ध्यान दिने बताए ।








प्रतिकृया दिनुहोस्