आफ्नो रुचि, खुबी र क्षमताको आधारमा व्यवसाय छनाेट गर्ने वारे प्रशिक्षण


भैरहवा–औद्योगिक प्रशिक्षार्थी आल्मुनाइ सञ्जालका सदस्यहरुलाइ वृत्ति मार्गनिर्देशन सेवा सम्बन्धी एक दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा लिएका बिद्यार्थीहरुलाइ भविष्यमा उचित बृत्ति (व्यवसाय) छनौट गर्ने वारे उक्त अभिमुखीकरण कार्यक्रम केन्द्रित छ ।
युवा तथा बिद्यार्थीलाई आफ्नो रुचि, खुबीको लेखाजोखा गरि उचित बृत्ति छनौट गर्नमा सहजिकरण गर्ने उद्येश्यले स्थापना गरिएको बृत्ति मार्गनिर्देशन सेवा केन्द्र लुम्बिनी प्रदेशले भैरहवास्थित शिक्षा तालिम केन्द्रमा उक्त प्रशिक्षण दिएको हो ।
। महाकबी देवकोटा मावि सुनवल नवलपरासी, शान्ति नमुना मावि मणिग्राम रुपन्देही, जनता मावि तिनधुरा टिकुलीगढ रुपन्देही, पब्लिक मावि छपिया रुपन्देही र कोरीया–नेपाल बहुप्राबिधिक शिक्षालयमा अध्ययन गरेका २१ जना महिला र पुरुष प्रशिक्षार्थी सहभागी छन् ।
प्रशिक्षण कार्यक्रममा बोल्दै शिक्षा तालिम केन्द्र भैरहवाका तालिम प्रमुख हिमलाल खनालले बिद्यार्थीको आफ्नो रुचि, खुबी र क्षमता अनुरुपको काममा रोजगारी तथा आफैले व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्येश्य मार्गनिर्देशन सेवा केन्द्रको रहेको बताए ।
तालिम केन्द्रका बरिष्ठ प्रशिक्षक अरबिन्दप्रसाद अधिकारीले प्राबिधिक तथा व्यवसायिक शिक्षा लिएका बिद्यार्थीले रोजगारी गर्दै अध्ययन गर्ने अवसरपनि पाउने र बेकामे भएर बस्नु नपर्ने भएकाले प्राबिधिक तथा व्यवसायिक शिक्षाको ठूलो महत्व रहेको बताए ।

नेपाल र स्विस सरकारको साझेदारीमा दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाको दोस्रो चरण अन्र्तगत नेपालको सातै प्रदेशमा मार्गनिर्देशन सेवा केन्द्रको स्थापना गरिएको छ । बृत्ति मार्गनिर्देशन सेवा केन्द्र लुम्बिनीका परियोजना प्राबिधिक अधिकृत दिलीप बोहराले लुम्बिनी प्रदेशमा रहेका प्राविधिक तथा व्यवसायिक शिक्षालयमा अध्ययनरत तथा अध्ययनगरिसकेका बिद्यार्थीहरुलाई समेटेर परियोजनाले ‘अल्मोनाइ’ नामक सञ्जाल गरेको र सञ्जालमा आवद्ध सहभागीहरु मार्फत् अन्य बिद्यार्थीलाई आफ्नो रुचि, खुबी र क्षमता अनुरुपको व्यवसाय छनौट गर्नमा परामर्श दिने गरिएको बताए ।
लुम्बिनी प्रदेशका १२ वटा बिद्यालयमा एसइइ तहसम्म पुगेका तथा उतिर्ण भएका बिद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत भवन निर्माण तर्फको सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल इञ्जिनियरिङ, सूचना प्राविधिक (आइटी) इञ्जिनियरिङ, पूर्व बाल विकास सहजकर्ता र होटल व्यवस्थापन गरी ७ बिषयमा अध्ययन हुने गरेको छ ।
परियोजनाकी बृत्ति परामर्शकर्ता सुशिला पौडेलले पछिल्ला दिनमा जिवनयापनका लागि अपनाउने व्यवसाय तथा पेशा छनौटकालागि फरक खालका बिषयसंगै बिद्यार्थी कुन बिषय पढ्ने ? भन्ने वारेमा अलमल हुने गरेको र उनीहरुलाई आफ्नो रुचि, खुबी र क्षमताको आधारमा बृत्ति छनौट गर्नमा सहजिकरण गराउने उद्येश्य परियोजनाको रहेको बताइन् ।








प्रतिकृया दिनुहोस्