August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, कस्तो छ कायर्यसूची ?

Advertisement

दाङ– लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

Advertisement

बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए ।