August 24, 2026, Monday
२०८३ भाद्र ८ सोमबार

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Advertisement

भैरहवा– नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको आठौं प्रदेश सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।

Advertisement

श्रेष्ठले चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हन् । महासंघको एसोसिएट तर्फ १०२ मत खसेकोमा श्रेष्ठले ९६ मत पाउँदा मियाँले ६ मत मात्र प्राप्त गरे । यसै गरि जिल्ला–नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरे । वस्तुगततर्फ खसेको एउटा मत पनि श्रेष्ठले पाए । अध्यक्ष निर्वाचित श्रेष्ठ भैरहवा निबासी हुन् ।

महासंघको जिल्ला–नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् । यसैगरि कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्यूठानका माधवराज भण्डारी, वस्तुगत सदस्यमा भैरहवाका कृष्णप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । ११ सदस्यीय रहने समितिमा एक जना महिला सहित २ जना मनोनीत गरिने व्यवस्था छ । अध्यक्ष निर्वाचित श्रेष्ठ सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा महासंघलाई थप बलियो बनाउँदै व्यवसायिक हीतमा काम गर्ने प्रतिबद्धता जनाए ।