अटिजमबारे सचेतना फैलाउनु पर्नेमा जोड


भैरहवा–विश्वभर अटिजम समस्या बढिरहेकाले सचेतनाका कार्यक्रम बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भैरहवामा बुधबार १९ औं अटिजम दिवसको अवसरमा हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रस्तुति र सिद्वार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको सचेतना मुलक कार्यक्रममा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा अटिजम समस्या, यसका लक्षण, अवस्था र अटिजम भएका बालबालिकाको व्यवहार र उनीहरूलाई गर्नुपर्ने रेखदेख बारे छलफल छलफल गरिएको थियो ।
कार्यक्रममा अटिजम सम्बन्धि जानकार तथा थेरापिष्ट समिद कातिला श्रेष्ठले अटिमज रोग नभएर अवस्था मात्र भएको बताए । उनका अनसार विश्वमा अप्रिल महिनालाई अटिजम सचेतना महिनाका रुपमा मनाउने छ । अटिजम भएका बालबालिकाका अभिभावकलाई समाजमा हेरिने दृष्टिकोण फरक रहेकाले सचेतना जरुरी रहेको उजको भनाइ छ । ‘सबै जना मिलेर अटिजम भएका बालबालिकाको जीवन सरल बनाउन सकिन्छ,’ उनले भने, ‘त्यसैले यसलाई मानवीयतासित पनि जोडिएको छ ।’
यस्ता बालबालिका मध्ये कसैलाई धेरै, कसैलाई ठिक्क र कसैलाई कम सहायता चाहिने भएकाले सबैले सघाउनु पर्ने उनले बताए । उनका अनुसार मेडिकल परिक्षणबाट अटिजम भएका र सामान्य बालबालिकामा कुनै फरक प्रमाणित हुँदैन ।

कार्यक्रममा सिद्वार्थ उद्योग वाणिाज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस्ता कार्यक्रमले अटिजम समस्याबारे जानकारी गराउनुका साथै समस्या समाधानमा पनि भूमिका खेल्ने बताए । उद्योग वाणिज्य संघ व्यवसायीको संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व अटिजम दिवस अवसरमा कार्यक्रम गरिएको आचार्यले बताए ।
कार्यक्रमका सहभागीले हरेक मानिसको जीवनको महत्व हुने बताएका थिए । कार्यक्रममा भैरहवा क्षेत्रका शैक्षिक संस्थाका प्रतिनिधि र भैरहवा क्षेत्रका सामाजिक संघसंस्थामा क्रियाशील अगुवा पनि सहभागी थिए ।
हेभेन्ली गार्डेन किड्स क्याम्पसकि प्रिन्सिपल रचना क्षेत्रीले समाजमा लुकेको समस्याका रुपमा रहेको अटिजम के हो ? भन्ने बुझाउन र यसका बारेमा अब खुलेर कुरा गर्न जरुरी रहेको जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन । कार्यक्रममा अटिजम सचेतना अभियन्ता नीलम लामा, नन्दु भण्डारी, सुरज भुषाल, पुष्प चक्रधर, संघका परामर्शदाता शम्भु कुमार गुप्ता, संघका बरिस्ठ उपाध्यक्ष दीलीपकुमार कान्दु, कोषाध्यक्ष पल्लवी न्यौपाने लगायतको सहभागिता थियोे ।








प्रतिकृया दिनुहोस्