August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

एसइइ परीक्षाको पहिलो दिन रूपन्देहीमा शान्तिपूर्ण रुपमा सम्पन्न

Advertisement

भैरहवा–एसइइ परीक्षाको पहिलो दिन बिहीवार रूपन्देहीका सवै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएका छन् ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीले एसइइ परीक्षाको पहिलो दिन रूपन्देहीमा कोहीपनि निष्कासन नभएको र कुनैपनि अप्रिय घटना नभएको जनाएको छ । दिउसो २ बजे भित्रै सवै परीक्षा केन्द्रमा उत्तरपुस्तीका जांच्ने कामपनि सुरु भएको छ । ‘एसइइ परीक्षाको पहिलो दिन बिहीवार रूपन्देहीका सवै परीक्षा केन्द्रमा शान्तपूर्वक परीक्षा सम्पन्न भएको छ’ रूपन्देहीका शिक्षा विकास समन्वय इकाइ प्रमुख बिष्णु प्रसाद पन्थीले भने ।

रूपन्देहीमा १ सय ७६ वटा सामुदायिक र १ सय ६९ वटा संस्थागत बिद्यालयबाट गरी कुल २१ हजार ५ सय ४५ जना परीक्षार्थी छन् । जसमध्ये जिल्ला कारागार र बाल सुधार गृहमा रहेका विभिन्न जिल्लाका १८ जना परीक्षार्थी छन् । उनीहरु सवैले भैरहवा नमुना उच्च मावि परीक्षाकेन्द्रबाट परीक्षा दिएका छन् ।

उनका अनुसार, रूपन्देहीमा एसइइ परक्षिाका लागि ५९ वटा परीक्षा केन्द्र रहेको र सवै केन्द्रबाट उत्तरपुस्तिका जांचिने र एउटा बिषयको उत्तरपुस्तिका जांच गर्न २ सय भन्दा धेरै बिषयगत शिक्षकको परिचालन हुने छ । ‘परीक्षार्थी संख्याको आधारमा हरेक परीक्षा केन्द्रमा कापी जांच गर्न आवश्यक पर्ने बिषयगत शिक्षकको संख्यामा एकरुपता हुन सक्दैन’ पन्थीले भने, ‘जिल्ला भरी प्रत्येक बिषयको कापी जांच गर्न २ सय भन्दा धेरै शिक्षकको आवश्यकता पर्ने अनुमान छ ।’

एसइइ परीक्षा सञ्चालनका लागि रूपन्देही जिल्लामा सुरक्षाकर्मी सहित २ हजार ५ सय ४२ जना कुल जनशक्तीको परिचालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, एसइइ परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष ५९ जना, सहायक केन्द्राध्यक्ष १ सय १८, निरीक्षक १ हजार ६७, सहयोगी १ सय १८, परीक्षा सहायक १ सय १८ र सुरक्षाकर्मी १ हजार ६२ जनाको जनशक्ति परिचालन गरिएको हो ।

उत्तरपुस्तीका कापी जांच गर्नका लागि आफ्नो केन्द्रमा आवश्यक पर्ने बिषयगत शिक्षकको व्यवस्थापन गर्न सम्बन्धित केन्द्राध्यक्षलाइ नै अधिकार दिइएको र प्रत्येक तीन–तीन दिनमा परीक्षाकेन्द्रमा कापी जांच गरि शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालय तथा नजिकको सुरक्षा निकायमा उत्तरपुस्तीका कापी बुझाउनु पर्ने पन्थीले बताए । केन्द्राध्यक्षले एसइइ परीक्षा संचालन सम्बन्धि निर्देशिका अनुरुप उत्तरपुस्तीका जांच गर्नका लागि बिषयगत शिक्षकको व्यवस्था गर्नु पर्ने छ ।

पन्थीका अनुसार, हरेक तीन–तीन दिनमा नजिकको सुरक्षा निकायमा बुझाइएको उत्तरपुस्तीका परीक्षा सकिएपछि शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालयले ल्याउने छ । तर, हरेक तीन–तीन दिनमा सम्बन्धित परीक्षाकेन्द्रले परीक्षार्थीको मार्क स्लिपभने समन्वय इकाइ कार्यालयमा पठाउनु पर्ने छ ।