July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

लुम्बिनी प्रदेशबाट एसईईमा ८९ हजार १७ जना परीक्षार्थी सहभागी

Advertisement

भैरहवा- यस वर्षको माध्यमिक परीक्षा (एसईई) आजबाट सुरु भएको छ । पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । एसईईमा यसपटक लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी भएका छन् ।

Advertisement

परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३ सय ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । विद्यार्थीहरु उत्साहपूर्ण रुपमा सहभागी भएका छन् ।

परीक्षा व्यवस्थापनका लागि ३ सय ३८ केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।