२५ वर्षमा हात्ती आक्रमणबाट साढे ३ सयको मृत्यु


बर्दिया–हात्ती आक्रमणबाट सर्वसाधरणको ज्यान जाने क्रम तीव्र भएको छ । प्रत्येक वर्ष जंगली र पालुवा हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेका छन् । यस्तै आक्रमणका कारण पछिल्लो समय संरक्षित क्षेत्र आसपास मानव–वन्यजन्तु द्धन्द्ध बढिरहेको छ ।
बर्दिया निकुञ्ज अन्तर्गत पालुवा हात्तीको आक्रमणमा चार वर्षमा दुई फणित (हात्ती स्याहर्ने कर्मचारी) को ज्यान गएको छ । गत चैत १४ गते चरिचरनका लागि लगेको कुमार गजले आक्रमण गरेर आफ्नै माहुत ४३ वर्षीय गंगाराम थारुलाई मारेको थियो । उक्त हात्तीले कुल्चेर थारुको ज्यान लिएको निकुञ्जले जनाएको छ ।
गंगाराम दश वर्षदेखि फणित पदमा करार सेवामा कार्यरत थिए । त्यसदिन हात्तीलाई नुहाउने क्रममा रिसाएर खोला छेउमा आक्रमण गरि मारेको बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । आहारा खुवाई दिने, चरिचरनमा लैजानेदेखि नुहाई दिने कर्मचारीलाई आक्रमण गरेर मारेको उनले बताए ।
यसअघि ०७८ बैशाखमा पनि घॉस काट्न गएका बेला ३५ वर्षिय फणित छा्ेटकी थारुलाइ हात्तीले मारेको थियो । आफैले हुर्काएको हात्तीका लागि घा“स काट्न जादा यात्रा कली हात्तीले ज्यान लिएको थियो । निकुञ्जका अनुसार एक दर्जन बढी हात्तीलाई तालिम दिएर समस्याग्रत वन्यजन्तुको उद्दार, नियमित गस्ती, स्वीप अप्रेशनमा पनि छोट्की हिडेका थिए । उनी संगै रहेका फणित फोनिद्र थारु भने आक्रमण गर्न लाग्दा भागेर ज्यान बचाउन सफल भएका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले २५ वर्ष अवधिमा नेपालमा पालुवा हात्तीको आक्रमणबाट ७ जनाले ज्यान गुमाएको बताए । उक्त अवधीमा जंगली हात्तीको आक्रमणबाट ३ सय ५७ जनाको मृत्यु भएको उनले जनाए । उनका अनुसार एउटा हात्तीलाई चरिचरण, गश्ति गर्दा माउते, पछुवा र फणित राख्ने गरिएको हो । माउतेले हात्तीसारको सरसफाई, हात्ती नुहाउने र चढेर आउजाउ गर्नुपर्छ । पछुवाको काम हात्तीलाई खाना खुवाउने, चरिचरण गर्ने र बाँधेर राख्ने हो । फणितको काम हात्तीमा बसेर सफारी गर्नु रहेको छ ।
‘पालुवा हात्तीले काम बिगारे नियन्त्रणमा लिन सानो बञ्चरोले कुटदा हात्तीले बुझ्छ ,’उनले भने, ‘तर जानाजानी कुटे, खाना समयमा नदिए हात्तीले वर्षेनी रिस राख्छ ।’ बर्दिया निकुञ्जको हात्तीसारमा ११ हात्ती रहेका छन । यसैगरि हात्ती हेरचाह गर्ने ३२ जना कर्मचारी रहेको निकुञ्जले जनाएको छ । बर्दिया निकुञ्जले करिब १ सय २० वटा वन हात्ती रहेको अनुमान गरेको जनाएको छ ।








प्रतिकृया दिनुहोस्