विजुली गाडी लुम्बिनीमै चलाउन प्रधानमन्त्री कार्यालयको चासो


भैरहवा–बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि अलपत्र विद्युतीय बस र भ्यानबारे प्रधानमन्त्री बालेन्द्र शाहको कार्यालयले चासो दिएको छ । पाँच वर्ष अघि लुम्बिनी घुम्न आउने पर्यटकलाई सुविधा प्रदान गर्न र प्रदुषण घटाउन ल्याइएका यी गाडी अलपत्र छन् । पा“च वटा सुविधा सम्पन्न विद्युतीय बस अलपत्र छन् ।
लुम्बिनी बिकास कोषका कर्मचारीले भ्यान प्रयोग गरिरहेका छन् । जसले गर्दा ती गाडी थोत्रा भएका छन् । लुम्बिनीमै सञ्चालन हुन नसकेपछि यी गाडीलाई काठमाण्डौं लैजाने निर्णय गरिएपछि प्रधानमन्त्री कार्यालयले चासो दिएको हो । दुई साता अघि संस्कृति तथा पर्यटन मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार बस काठमाडौं लैंजाने निर्णय गरेको थियो । लुम्बिनी विकास कोष अन्तर्गत रहेका बस नागरिक उड्डयन प्राधिकरणमा पठाउने प्रक्रिया थालिएको थियो । तर, सोमबार प्रधानमन्त्री कार्यालयका एक अधिकारीले फोन गरेर यसबारे चासो राख्दै लुम्बिनीमै चलाउने व्यवस्था गर्न निर्देशन दिएपछि बस काठमाडौं पठाउने प्रक्रिया रोकिएको कोषका सदस्य सचिव दीपक श्रेष्ठले बताए ।
लुम्बिनीका लागि आयात गरिएका बिद्युतीय बस सुरुमै भैरहवा भन्सार कार्यालयबाट काठमाडौं लगेर सञ्चालन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विजुली बस सञ्चालनको सुरुवात गराएका थिए । ०७७ मंसिर पुसमा गरि एशियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन ईनर्जी प्रोजेक्ट अन्तर्गत अत्याधुनिक १४ वटा ट्याक्सी (भ्यान) र ५ वटा बस लुम्बिनी ल्याइएको थियो । १३ करोड लागत बराबरका बस तथा ट्याक्सी यहा“ आइपुगेपनि सञ्चालनको मोेडालिटीका विषयमा कुरा नमिलेपछि यी सवारी साधन अलपत्र परेका थिए । सरकारले साढे ३ करोड भन्सार शुल्क बेहोरेको थियो ।
लुम्बिनी विकास कोषको लापरवाही र वेवास्ताले ट्याक्सी (भ्यान) र बस घामपानीमा अलपत्र परेका थिए । पर्यटकका लागि ल्याइएका ट्याक्सी (भ्यान) मा कोषका पदाधिकारी र कर्मचारी सवार भइरहेका छन् । कोषका विभागीय प्रमुखले यी गाडी सुविधाका रुपमा प्रयोग गरिरहेका छन् । बिद्युतीय बस सञ्चालन हुन नसकिरहेकाले जेनजी आन्दोलनका क्रममा नागरिक उड्डयन प्राधिकरणका सवारी साधनमा क्षति पुगेकाले काठमाडौं पठाउने निर्णय भएको सदस्य सचिब श्रेष्ठले बताए ।
अहिले यी बस लुम्बिनी विकास कोषको दुई नं. गेट अघि चार्जिङ स्टेसनमा थन्काएर राखिएको छ । कोष आफैले सञ्चालन गर्न नसक्ने र लुम्बिनीमा यत्तिकै थन्काएर राख्दा बिग्रने जोखिम हुदा मन्त्रालयको निर्णय अनुसार काठमाडौं पठाउने लागिएको कोषको दाबी छ । पर्यटकालागि आएका बस अधिकांश बिग्रिएर थन्किएका छन् । जथाभावी चलाउदा बस बिग्रिएका हुन् । बसका मुख्य ढोका र झयालका ठूल्ठूला सिसा फुटेका छन् । ठाउ“ठाउ“मा कुच्चिएका र कोतरिएका छन् । ब्याट्रीले काम गर्न छाडेका छन् । जसले पायो उसले चलाउदा भ्यान पनि ठोक्किएका छन् ।
दुई वटा भ्यान दुर्घटना भएर चल्न नसक्ने अवस्थामा छन् । भ्यानको अगाडीका सिसा फुटेका छन् । कतिपयका बडी कुच्चिएको छ । टायर बिग्रिएका छन् । अधिकांश सवारीसाधन थन्किने अवस्थामा पुगेका छन् । पर्यटक बोक्ने हरिया नम्बर प्लेटका सवारी साधन कोषका कतिपय पदाधिकारी र कर्मचारीले परिवारका सदस्य र आफन्तलाई घुमफिर गर्न समेत प्रयोग गरेर दुरुपयोग गरेका छन् । विश्वलाई लुम्बिनीसंग जोडन भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन लैजान प्रयोग गर्न बस भ्यान आएका थिए ।








प्रतिकृया दिनुहोस्