July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

द आर्ट अफ लिभिङ भैरहवामा ६ दिनको प्रशिक्षण सुरु

Advertisement

भैरहवा– द आर्ट अफ लिभिङ आश्रम, भैरहवामा ६ दिने योग तथा ध्यान (ह्यापिनेस कार्यक्रम) सुरु भएको छ । सिद्धार्थनगर–४ स्थि रहेको उक्त आश्रममा बिहान र बेलुका गरी दुई सिफ्टमा योग तथा ध्यान प्रशिक्षण कार्यक्रम संचालन गरिएको आश्रमका सदस्य मंगल भण्डारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बिहान ५.३० बजेदेखि ८.३० सम्म र साँझ ५.३० बजेदेखि ८.३० बजेसम्म योग तथा ध्यान प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा तीनजना द आर्ट अफ लिभिङका प्रशिक्षकहरुले प्रशिक्षण दिने आयोजकले जनाएका छन् ।

आफ्नो जीवनलाई कसरी सन्तुलनमा राख्ने, रिसरागसँग लड्ने क्षमताको बृद्धि गर्ने तरिका, रोगलाई निको पार्ने उपाय सिकाइनेछ । यस्तै, योग, ध्यान, ज्ञान बृद्धि र सुदर्शन क्रिया गरी ६ दिनसम्म प्रशिक्षण संचालन गरिने प्रशिक्षक समेत रहेका भण्डारी बताए ।

कार्यक्रममा प्रमुख प्रशिकमा काभ्य लम्साल छन् । यस्तै, मंगल भण्डारी र उज्जवल गौतमले समेत प्रशिक्षण दिने छन् । एक सहभागीले आफूले बिहानदेखि रातिसम्म काम निरन्तर काम गर्दा थकान महसुस हुने गरेको जनाउँदै प्रशिक्षणबाट धेरै कुरा सिक्न पाउँदा थकान हटेको जनाए । योग तथा ध्यान शिविरमा सहभागी हुँदा आफूहरुलाई आनन्द महसुस भएको प्रशिक्षार्थीहरुको भनाई छ । कार्यक्रममा ३० जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।