July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

जिपको ठक्करबाट गुल्मीमा दृष्टिबिहीन महिलाको मृत्यु

Advertisement

गुल्मी– जिपको ठक्करबाट गुल्मीमा एक दृष्टिविहीन महिलाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४, रिपास्थित शान्तिपुर–चन्द्रकोट भित्री सडक खण्डमा चन्द्रकोटबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री तुलसी थापालाई ठक्कर दिएको हो ।

Advertisement

चन्द्रकोट–४ कै करिब ५५ वर्षीया थापा दृष्टिविहीन रहेको र बाटो क्रस गर्ने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको अनुहार र बाँया खुट्टामा चोट लागेको थियो ।

उनलाई तत्काल सीएनसी मेडिकल शान्तिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको थियो । तर, राति शनिबार करिब चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिप चालक चन्द्रकोट–४, डाँडावनका ३१ वर्षीय जीवन फौदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।