August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

मिर्गौला वारे जनचेतना जगाउन बुटवलमा साइकल र्याली

Advertisement

भैरहवा–मिर्गौला वारे जनचेतना जगाउन बिहीवार बुटवलमा सचेतनामुलक साइकल र्याली गरिएको छ । विश्व मिर्गौला दिवसका अवसर पारेर उक्त र्यालीको आयोजना गरिएको हो ।

Advertisement

केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा कालिका मानविज्ञान विद्यालयबाट र्याली सुरु गरिएको थियो । र्यालले बुटवल नगर परिक्रमा गरी रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।

‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने जनचेतना जगाउँदै साइकल र्याली गरिएको थियो ।

नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा.शक्ति बस्नेतले अहिलेको विश्वमा मिर्गौला समस्या हुने विरामीको संख्या बढ्दै जान थालेको बताए । विश्वमा ७८ करोड जनसंख्यामा मिर्गौलाको समस्या रहेको र नेपालमा कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या रहेको उनले बताए ।

आफनै परिवारमा मिर्गौला रोगबाट परेको समस्या वारे जनाउँदै केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले मिर्गौला स्वस्थ्य राख्नका लागि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए ।

पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहका बिरामीहरुमध्ये ४ सय भन्दा धेरैको मिर्गौला बचाउन सफल भएको भनाइ उनको छ ।