August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

रूपन्देहीमा जोेगिएन १ सय ४३ जना उम्मेदवारको जमानत

Advertisement

भैरहवा–विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरि १ सय ५५ जना उम्मेदवार रहेको रूपन्देही जिल्लामा १२ जना बाहेक अन्यको जमानत जफत भएको छ । जमानत जफत भएका उम्मेदवारको सँख्या १ सय ४३ छ ।

Advertisement

पांचवटा निर्बाचन क्षेत्र रहेको रुपन्देहीमा विभिन्न राजनीतिक दलको तर्फबाट र स्वतन्त्र समेत गरि कुल १ सय ५५ जना उम्मेदवार रहेकोमा १ सय ४३ जनाको जमानत जफत भएको जिल्ला निर्बाचन कार्यालय रूपन्देहीले जनाएको छ । जिल्ला निर्बाचन कार्यालय रूपन्देहीकी प्रमुख कल्पना अर्यालले कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने प्राबधान रहेको बताइन् ।

निर्बाचन कार्यालयका अनुसार, ३१ जना उम्मेदवार रहेको रूपन्देही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचित सुनिल लम्साल र नेपाली कांग्रेसका हिरा बहादुर खत्री बाहेक अन्य २९ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा सदर मत ९२ हजार थियो । जमानत जोगाउनका लागि ९ हजार २०० मत आवश्यक पर्छ ।

३९ जना उम्मेदवार रहेको रूपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजयी सुलभ खरेल, नेकपा एमालेका बिष्णु पौडेल र नेपाली कांग्रेसका चुन्न प्रसाद शर्मा बाहेक अन्यको जमानत जफत भएको छ । यस क्षेत्रमा ८४ हजार १३ सदर मत थियो जमानत जोगाउनका लागि ८ हजार ४०२ मत आवश्यक पर्छ ।

३६ जना उम्मेदवार रहेको रूपन्देही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजयी डा.लेखजंग थापा बाहेक अन्य सवैको जमानत जफत भएको छ । यस क्षेत्रमा ८९ हजार ४१४ सदर मत थियो । जमानत जोगाउनका लागि ८ हजार ९४२ मत आवश्यक पर्छ ।

२२ जना उम्मेदवार रहेको रूपन्देही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजयी कन्हैया बनिया, नेकपा एमालेका प्रमोद कुमार यादव र नेपाली कांग्रेसका आशुतोष मिश्र बाहेक अन्यको जमानत जफत भएको छ । यस क्षेत्रमा ७२ हजार ३८ सदर मत थियो । जमानत जोगाउनका लागि ७ हजार २०४ मत आवश्यक पर्छ ।

२७ जना उम्मेदवार रहेको रूपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजयी तौफिक अहमद खान, नेकपा एमालेका खिमलाल भट्टराइ र नेपाली कांग्रेसका भरतकुमार शाह बाहेक अन्यको जमानत जफत भएको हो । यसक्षेत्रमा कुल सदर मत ७८ हजार ८२५ थियो । जमानत जोगाउनकालागि ७ हजार ८७३ मत आवश्यक पर्छ ।