August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

बस टिकट छैन, चार दिनसम्मका लागि अग्रिम बुकिङ

Advertisement

भैरहवा–आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारलाई बिजयी बनाउन भन्दै धेरै टाढा टाढादेखि हजारौं मतदाता भैरहवा लगायत आसपासका क्षेत्रमा आए । मतदान गरे, एक दुई दिन आफ्नो घर ठाउँमा बसे । छिमेकी, साथीभाइ र इष्टमित्रसँग भेटघाट गरे । सवैसँग राजनीतिक लगायत् व्यक्तिगत बिषयमा गफगाफ गरे । बसाइलाई रमाइलो बनाए ।

Advertisement

मतदान सकियो । लगभग मतदानको परिणामपनि आयो । अव अ–आफ्नो कार्यक्षेत्र वा बसोवास गर्ने ठाँउमा फर्किनु पर्ने भयो । तर समस्या, आम सर्वसाधारण मतदातालाई भैरहवा र आसपास क्षेत्रबाट फर्किनका लागि आँफूले चाहेको वेला सम्भव भने छैन । कारण हो, भैरहवा क्षेत्रबाट फर्किने यात्रुको अत्याधिक चापले यतिवेला बस र अन्य गाडीको टिकट नै तत्काल पाउन सकिदैन ।

निर्बाचन सकिए लगत्तै भैरहवाबाट बाहिरिने यात्रुको संख्या धेरै भएपछि भैरहवा÷सुनौलीदेखि लामो दुरीका गन्तब्यका लागि बस तथा अन्य गाडीको टिकट अभाव भएको हो । तीन दिनसम्मका लागि बस तथा गाडीको टिकट अग्रिम बुक भएका छन् । ‘निर्बाचन सकिए लगत्तै यात्रुको चाप बढेकाले यात्रुको माग अनुरुप बस टिकट उपलब्ध गराउन सकिएको छैन’ पश्चिम नेपाल बस व्यवसायी प्रालि भैरहवाका इञ्चार्ज शंकर खरेलले भने, ‘दिवा तथा रात्री सेवाका बस टिकट फागुन २७ गतेसम्मका लागि अग्रिम बुकिंग भैसकेका छन् ।’

भैरहवादेखि काठमाडौं, पोखरा, बीरगञ्ज, बिराटनगर, बाग्लुङ लगायत् टाढाका गन्तब्यमा जाने यात्रुको अत्याधिक चाप छ । अधिकांश यात्रुले अनलाईन बुकिगं गर्ने गरेका छन् । यात्रुको चाप फागुन २२ गतेदेखि नै बढेको हो । निर्बाचन अघिसम्म भने अहिलेको अवस्था भन्दा ठिक उल्टो थियो । भैरहवा आउने यात्रुको चाप अत्याधिक थियो । भैरहवाबाट ती क्षेत्रमा जाने बसहरु खाली खाली थिए । अहिले भैरहवा आउने गाडीहरु खाली खाली छन् ।

खरेलका अनुसार, निर्बाचन सकिएपछि भैरहवा र आसपास क्षेत्रबाट दिवा र रात्री बसमा गरि दैनिक सरदर १ हजार २ सय यात्रु बाहिरिने गरेका छन् । भैरहवाबाट सञ्चालन हुने पश्चिम नेपाल र सिद्धार्थ यातायात प्रालिद्वारा सञ्चालित बस तथा यात्रुबाहक सवै गाडी यात्रुले भरिने गरेका छन् ।

भैरहवास्थित सिद्धार्थ बसपार्कको काउन्टरमा कार्यरत सिद्धार्थ यातायात प्रालिका कर्मचारी मोहन गुरुङले निर्बाचन र होलीसंगै परेकाले धेरै यात्रुको आगमन भैरहवामा भएको र फर्किने क्रमपनि एकैचोटी परेकोले टिकट अभाव भएको बताए । उनका अनुसार, निर्बाचन लगत्तै लगातार सार्वजनिक बिदा परेकोलेपनि खधिकाँश कर्मचारी बिदा मनाएर एकैचोटी गन्तब्यमा जान खोज्दापनि यात्रुको चाप बढ्न गएको हो ।