October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जिवितै उद्धार

Advertisement

भैरहवा – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जिवितै उद्धार गरिएको छ । रसुवा बाढीमा परेका उनीहरुको १० दिनपछि जीवितै उद्धार गरिएको हो।

Advertisement

शुक्रबार उनीहरुको उद्धार भएको हो । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको हो।

कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।