भोटेकोशी बाढीका चार दिनः अहिलेसम्म के पत्ता लाग्यो, के लागेन ?


भैरहवा – भोटेकोशी विपत्तिको चौथो दिन शनिवार पनि उद्धार र राहतका काम जारी छन् । धेरै क्षति पुथेका रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् ।
अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञ अध्ययनमा जुटेका छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवक घाइतेको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।
उक्त घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।
हालसम्म फेला परेका शवको संख्याः ६२६
हालसम्म घाइते तथा अन्य उद्धार गरिएको संख्याः ४,४५१
सम्पर्कविहीनको संख्याः २४२६
सम्पर्कविहीन प्रहरी कर्मचारीः २७
उद्धारमा परिचालित सुरक्षाकर्मी संख्याः १५,२२४
विभिन्न अस्पतालमा उपचाररत घाइतेः १०१








प्रतिकृया दिनुहोस्