एनआईएमबी बैंकका ७ कर्मचारी बाढीपछि सम्पर्कविहीन


भैरहवा– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी वेपत्ता भएका छन् । रसुवामा बुधबार आएको बाढीबाट उनीहरु सम्पर्कविहीन भएका हुन् ।
रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरका एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएको बैंकले सूचना मार्फत् जानकारी गराएको छ ।
स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पकविहीन् भएका छन् ।
टिमुरे शाखमा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का सम्पर्कविहिन भएको बैंकले जानकारी गराएको छ ।








प्रतिकृया दिनुहोस्