कक्षा १२ को बोर्ड परीक्षा सुरु


माध्यमिक शिक्षा परीक्षा (एसईई)को चटारो सकिएसँगै माध्यमिक तह कक्षा १२ को अन्तिम वार्षिक परीक्षा आज सोमबारदेखि देशभर एकैसाथ सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा तालिका अनुसार आज बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको हो।
यस वर्षको परीक्षामा देशभरका १ हजार ४ सय २१ परीक्षा केन्द्रहरूबाट करिब ४ लाख १८ हजार ८ सय परीक्षार्थीहरू सहभागी भइरहेका छन्।
बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन देशभरका केन्द्रहरूमा आवश्यक सुरक्षा प्रबन्ध र केन्द्राध्यक्षहरूको परिचालन गरेको छ।








प्रतिकृया दिनुहोस्