June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

दाङ पुगेर ज्ञवालीले भने– संविधानले नचिन्ने सरकार छ, संसद पुनर्स्थापना हुनुपर्छ

Advertisement

दाङ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, जेनजीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । ज्ञवालीले यथास्थितिमा चुनावको कुनै औचित्य नहुने स्पष्ट पारेका छन् ।

Advertisement

बिहीबार प्रेस चौतारी नेपाल, दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एमालेको ‘रोडम्याप’ भनेकै संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन हो । नेता ज्ञवालीले यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताए ।

अहिले संविधान घाइते अवस्थामा रहेको र लोकतन्त्र खतरामा भएको उनको दावी छ । ‘संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन्’, ज्ञवाली भने ।

सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन तयार नभएको ज्ञवालीको आरोप छ । दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ । संविधान घाइते अवस्थामा भएको भन्दै ज्ञवालीले संविधानले नचिन्ने सरकारले शासन गरेको बताए ।