बर्दिया निकुञ्जमा ४ वर्षमा ६ वटा पाटे बाघको मृत्यु


बर्दिया— बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले चार वर्षको अवधिमा ६ वटा पाटे बाघ मरेका छन् । यसरी मरेका मध्ये ३ भाले, २ पोथी र १ डमरु रहेको बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाए ।
पछिल्लो पटक सन् २०२२ मा बर्दियामा गणना हुँदा १ सय २५ वटा बाघ थिए । बर्दिया निकुञ्जमा डेढ दशक यता चोरी सिकारीबाट बाघ र गैंडा मारिएका छैनन् ।
यस वर्ष पुस ७ गतेदेखि बाघ गणना हुँदै छ । बर्दिया निकुञ्जमा बाघको संख्या बढेको अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी पौडेलले बाघको संख्या बढेको अनुमान गरिएको बताए । बर्दिया निकुञ्जमा बाघ सहजै हेर्न सकिने भन्दै पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । बाघको गणना पुसबाट हुने र गैंडा गणना चैतबाट हुने छ ।








प्रतिकृया दिनुहोस्