July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित

Advertisement

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयांग सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यमा निर्वाचित गरेको हो ।

Advertisement

सन् २०२५ देखि २०२७ सम्मका लागि एसिया प्रशान्त सहर र स्थानीय सरकारको संस्थाको काउन्सिल सदस्यका रूपमा निर्वाचित भएको हो । दक्षिण र दक्षिण पश्चिम एसिया प्रशान्त क्षेत्रका सदस्यहरूले तिलोत्तमा नगरपालिकाको क्षमतालाई विश्वास गरी काउन्सिल सदस्यका रूपमा निर्वाचित गरेका हुन् ।

नगर प्रमुख रामकृष्ण खाँणले यो सदस्यताले नगरपालिकाको अनुभव, विशेषज्ञता र दृष्टिकोण एसिया प्रशान्त क्षेत्रका सहर र स्थानीय सरकारको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।