रूपन्देहीबाट जाँदाजाँदै के भने सिडिओले ?


भैरहवा–रुपन्देही जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हालेको तीन महिनामा शरुवा भइ बिदाइ भएका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जिल्लामा आफ्नो बसाईं सिकाइपूर्ण रहेको बताएका छन् ।
प्रजिअ पाण्डेले शुक्रवार दिउँसो आफ्नै कार्यकक्षमा लुम्बिनी प्रेस क्लबका पदाधिकारी तथा क्लबमा आवद्ध सञ्चारकर्मीहरुसँगको भेटघाटमा रुपन्देहीमा पदीय हिसावले आफ्नो बसाइँ अवधि छोटो रहे पनि सेवाग्राहीका लागि समर्पित रहेको बताए ।
‘प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर हाजिर गरेको आज ६१ औं दिन हो । केही दिन मलाई जिल्लाको बस्तुस्थिति बुझ्नका लागी नै समय लाग्यो’, उनले भने, ‘पत्रकार र प्रशासकको रुपमा कसैसँग विवाद भएन । प्रशासकको रुपमा रहेर जनताको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।’
रुपन्देहीबाट बिदाइ भएर अन्यत्र जाँदै गर्दा कतैबाट पनि गाली खानु नपरेको उनले दावी गरे । आफूलाई नयाँ बुहारीको उपमा दिँदै उनले आफ्नो बसाईं अवधिमा सवैले माया गर्दै विभिन्न सरसल्लाह दिएको कुरा उल्लेख गरे ।
‘बिदाई भएर जाँदै गर्दा सेवाग्राहीले फूलको माला लगाइएदिएका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा बस्दाको अवधिभर सवै सेवाग्राहीको प्रत्यक्ष काम र गुनासो सुन्नेमात्र नभइ फोन समेत रिसिभ गरेको छु’, पाण्डेले भने, ‘रुपन्देहीबासी सवैजना मेरो मनमा बस्नु भएको छ । सवैप्रति आभारी छु ।’
रुपन्देहीमा रहँदा एक–दुईको मात्रै आफूले बिश्वास लिन नसकेको उनले बताए । यसमा पनि उनले आफ्नै कमजोरी रहेको हुन सक्ने अनुमान गरे । सम्भवत: उनको यो भनाई सञ्चारकर्मीहरुप्रति नै लक्षित थियो । ‘सायद मेरै कम्जोरीले होला उहाँहरुको बिश्वास जित्न सकिनँ । उहाँहरुप्रति पनि मेरो उच्च सम्मान छ ।’
लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले रुपन्देहीबाट बिदाइ भइ जान लागेका प्रजिअ पाण्डेलाई मायाको चिनो दिँदै प्रजिअ पाण्डेले छोटो समयमा पनि रुपन्देहीमा सवैको बिश्वास जितेको र लोकप्रिय प्रशासकको रुपमा काम गरे बताए । `एउटा प्रशासकले बहन गर्नुपर्ने जिम्मेवारी कतै नचुकी, इमानदारीपूर्वक निर्वाह गरेकाे हामीले पायाैं, यसलाई जहाँ गए पनि कायम राख्नुहाेला´, उनले भने ।








प्रतिकृया दिनुहोस्